बिओपी जयसपुर तस्करीविरुद्द खरो रुपले उत्रदै, डेढ महिनामा २० औं लाखको अवैध सामग्री बरामद

बुधबार, वैशाख २६, २०८१
honor mob  winter sales

नेपालगन्ज । नेपालगन्जस्थित सशस्त्र प्रहरी बल बिओपी जयसपुर तस्करीविरुद्द खरो रुपमा उत्रदै आउँदा करिब डेढ महिनाको अवधि उल्लेखनीय रुपले अवैध सामग्री बरामद गरेको छ।

Honor x7 pad

बिओपी जयसपुरको कमाण्ड रहेको सशस्त्र प्रहरी निरीक्षक  नरेश चौधरी लगायत त्यहाँको सकल सशस्त्र प्रहरी दर्जाका कर्मचारीहरुले अवैध तस्करीविरुद्द अहोरात्र खटिएर करिब २० लाख रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरिसकेको छ।

खुला सीमानाकाको फाइदा उठाएर हुने भारतबाट भन्सार छली गरेर ल्याइएका अवैध तस्करी अन्तर्गत लत्ताकपडा कपडादेखि मोबाइल डिस्प्ले, हार्डवेयर, खसीबोका, जुत्ताचप्पल लगायत कयौं महत्त्वपूर्ण अवैध सामग्री बरामद गरेको बिओपी जयसपुर बिओपीले अवैध तस्करी गर्नेहरुको निद्रा हराम नै गरेको देखिएको छ।

बिओपी जयसपुरका इन्चार्ज चौधरीले उनी आएदेखिको करिब डेढ महिनामा २० लाख रुपैयाँ बरामद गर्दै नेपालबाट भारत लैजान लागिएका ठुलो संख्यामा ठेकीसमेत बरामद गरेको थियो।

खुला सीमाको कारण हुने आक्कल झुक्कल अवैध तस्करी रोक्न यतिबेला बिओपी जयसपुर कर्तव्यनिष्ट भएर खटिदै धमाधम बरामद गर्दै समेत आएको छ। तर यति राम्रो काम गर्दा गर्दै चौधरी गण तानिनुले त्यहाका स्थानीय नै अचम्मित परेका छन् 

 

 

 

 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्