सशस्त्र प्रहरीले बरामद गर्यो १ क्विन्टल गाँजा

बुधबार, वैशाख २६, २०८१
Honor 600 pro

कप्तानगन्ज। सशस्त्र प्रहरीले भारत लैजानका लागि लुकाइराखेको एक क्विन्टल गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरीको नं.४ गण सुनसरी मातहत रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगन्ज , बिओपी साहेबगन्ज  र हर्बेनीको टोलीले एक क्विन्टल गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

गए राति विशेष सूचना पाएको सशस्त्र प्रहरीले भारत लैजानका लागि बर्जु गाउँपालिका-४ हसनपुरमा उखुको पातले छोपेर राखिएको अवस्थामा ३ वटा बोरामा राखिएको १ क्विन्टल गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार उक्त ३ बोरामा साना-साना प्याकेट बनाएर राखिएको गाँजालाई आबश्यक कारबाहीका लागि प्रहरी कार्यालयलाई बुझाएको हो।

 

 

 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्