सशस्त्र प्रहरीले मनायो बडिमालिका जवान तालिम शिक्षालयको २३ औं स्थापना दिवस

मंगलबार, वैशाख २५, २०८१
Honor 600 pro

कैलाली । सशस्त्र प्रहरी बलले बडिमालिका जवान तालिम शिक्षालयको २३ औं स्थापना दिवस मनाएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालको प्रमुख आतिथ्यतामा शिक्षालयको सोमबार स्थापना दिवस मनाइएको हो। स्थापना दिवसका अवसरमा आयोजना गरिएको विभिन्न खेलकुद प्रतियोगिताका विजयी टोली तथा खेलाडीहरुलाई आईजीपी अर्यालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

उक्त अवसरमा उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा शिक्षालयलाई सहयोग गर्ने संघसंस्था लगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो। शिक्षालयकै स्थापना दिवसका अवसरमा आईजीपी अर्यालले कञ्चनपुरको  शुक्लाफाटा नगरपालिका–५ झलारीमा  स्थापित नेपाल एपीएफ स्कूल झलारी कञ्चनपुरको समेत उद्घाटन गरेका थिए।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्