'लुम्बिनीमा प्रदेशमा कम विद्यालय बढी विद्यार्थीको अवधारणा'

सोमबार, वैशाख २४, २०८१
honor mob  winter sales

बाँके। शिक्षा क्षेत्रमा परिवर्तनको आवश्यकता रहेको लुम्बिनी सरकारका मुख्यमन्त्री जोखबहादुर महराले  बताएका छन् ।

Honor x7 pad

सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाविक विकास निर्देशनालयको आयोजनामा आजदेखि सुरु भएको राष्ट्रिय योग्यता प्रारुप तथा अनौपचारिक शिक्षाको पाठ्यक्रम सम्बन्धि प्रबोधीकरण र लुम्बिनी प्रदेशको आव २०८१–०८२ को शैक्षिक नीति तथा कार्यक्रम सम्बन्धि छलफलको उद्घाटन गर्दै मुख्यमन्त्री महराले भने, ‘शिक्षा क्षेत्रमा क्रमागत नभई परिणाम दिने गरि परिवर्तन होस भन्ने पक्षमा प्रदेश सरकार रहेको छ।’

उनले स्थानीय सेवा ऐन विधेयक संसदको आगामी अधिवेशनमा पेश गरि पारित गर्ने बिश्वास दिलाए ।  

सो अवसरमा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्न खत्रीले बर्तमान चुनौतीको सम्बोधन गर्न सक्ने गरि शिक्षा क्षेत्रमा परिवर्तनको जरुरी भएको बताउँदै शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार गम्भिर भएको बताए । 

मन्त्री खत्रीले भने, ‘सामुदायिक विद्यालयमा प्रति विद्यार्थी लगानी बढाउँदै जादा पनि ति विद्यालय किन सुक्न थालेका छन् ? यसतर्फ सबैपक्ष गम्भिर बन्न आवश्यक छ । ’ उनले सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार विकासमा मात्रै जोड नदिई सामुदायिक तथा सामाजिक पूर्वाधार विकासमा मन्त्रालयले अबदेखि जोड दिने बताए । 

विद्यालय कम र विद्यार्थी धेरैको अवधारणा अनुसार प्रदेश सरकार अघि बढ्ने उनको भनाई छ । 

मन्त्री खत्रीले बार्षिक नीति तथा कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा प्रदेशका १०९ वटै स्थानीय तहका शिक्षा शाखा प्रमुखको सहभागितामा कार्यक्रम गरिएको बताउनुभयो । मङ्गलबारसम्म सञ्चालन हुने कार्यक्रममा मन्त्रालयका सचिव थानेश्वर ज्ञवालीले स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुबाट प्राप्त सुझावका आधारमा अघि बढ्ने बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्