हतियारधारी समूहले लुट्यो सहकारीको ८० लाख रुपैयाँ

सोमबार, वैशाख २४, २०८१
honor mob  winter sales

जनकपुर। धनुषामा हतियारधारी समूहले सहकारी संस्थाको ८० लाख रुपैयाँ लूटपाट गरेको छ।

Honor x7 pad

शुभश्री बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र कुमार महतोबाट हतियारधारी समूहले पेस्तोल देखाउदै ८० लाख रुपैयाँ लूटपाट गरेको प्रहरीले जानकारी दिएको छ।

जनकपुस्थित हिमालयन बैंकबाट रकम निकालेर सहकारीमा जाने क्रममा मोटरसाइकलमा आएका  दुई जना हतियारधारी समूहले महतोको साथबाट सबैला नगरपालिका-१२ रघुनाथपुरबाट सहकारीको ८० लाख रुपैयाँ लूटपाट गरेको धनुषा प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको लूटेराको खोजीकार्य गरिरहेको जनाएको छ।

 

 

 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्