राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढा

आइतबार, वैशाख २३, २०८१
Honor 600 pro

काठमाडौं । सरकारले राजस्व अनुसन्धान विभागको महानिर्देशक परिवर्तन गरेको छ। प्रधानमन्त्री कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाको सरुवा भएको छ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्दै पर्यटन विभागका महानिर्देशक बुढालाई राजस्व अनुसन्धान विभागको जिम्मेवारी दिएका हुन् । 

ढुंगानालाई त्यहाबाट परराष्ट्र मन्त्रालय सरुवा गरेर महावाणिज्यदूत बनाएर कलकत्ता पठाउने तयारी गरेको बताइएको छ।

 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्