पत्रकार महासंघको निर्वाचन आगामी जेठ २६ मा

शनिबार, वैशाख २२, २०८१

काठमाडौं । आगामी नेपाल पत्रकार महासंघको निर्वाचन यहीँ जेठ २६ गते हुने भएको छ। महासंघको केन्द्रीय समिति बैठकले जेठ १९ गते निर्वाचन गर्ने तय गरेपनि गएरातिको महासंघको २७ औं महाधिवेशनको बन्दसत्रको छलफलबाट निर्वाचन जेठ २६ गते गर्ने निर्णय गरेको हो।

Honor x7 pad

महाधिवेशनको बन्दसत्रमा सहभागी प्रतिनिधिहरुले निर्वाचनलाई केही पछि सार्न माग गर्दा महासंघले जेठ २६ मा केन्द्र, प्रदेश, जिल्ला र प्रतिष्ठान शाखाको एकैसाथ निर्वाचन गर्ने निर्णय गरेको महासचिव रोशन पुरीले जानकारी दिएका छन् ।

महासचिव पुरीका अनुसार देशभरका सबै नयाँ तथा शुद्धिकरण गर्नुपर्ने सदस्यहरुको टुंगो एक हप्ताभित्रै लाग्ने भएको छ।

देशभरका पत्रकारको छाता संगठन पत्रकार महासंघम नयाँ नेतृत्वका लागि गरेक ३ वर्षमा निर्वाचन हुने गरेको छ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्