प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीलाई पन्नालाल गुप्त स्मृति सम्मान

बिहीबार, वैशाख २०, २०८१
Honor 600 pro

नेपालगन्ज । नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम केसी पन्नालाल गुप्त स्मृति सम्मान २०८१ बाट सम्मानित भएका छन् ।

लोकतन्त्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नागरिक अधिकार पत्रकार र पत्रकारीताको बिकासमा ठुलो  योगदान गरेको भन्दै वरिष्ठ उपाध्यक्ष केसीलाई नेपाल पत्रकार लुम्बिनी प्रदेशले पन्नालाल गुप्त स्मृति सम्मान दिएको हो।

केसीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पन्नालाल गुप्त स्मृति सम्मान गरेको प्रेस युनियन लुम्बिनीका महासचिव नवीन गिरीले जानकारी दिएका छन् ।

केसी प्रेस युनियनको गत हेटौंडा महाधिवेशनबाट केन्द्रीय वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनको आफ्नै अनलाइन न्युज पोर्टल मार्गरेखा डटकम नेपालगन्जबाट सन्चालित हुँदै आएको छ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्