राप्तीसोनारीको बालापुरमा भीषण आगलागी, २ घण्टामै सशस्त्रको टोलीले लियो नियन्त्रणमा

बुधबार, वैशाख १९, २०८१
honor mob  winter sales

सम्शेरगन्ज(बाँके) बाँकेको राप्तीसोनारी गाउँपालिका-८ स्थित बालापुर भीषण आगलागी भएको छ।

Honor x7 pad

आज दिउँसो साढे १२ बालापुरमा रहेको चुनलाल थारु, कमला गिरी र तुलसा गिरीको छुट्टाछुट्टै तीन वटा घरमा आगलागी भएको खबर पाए लगत्तै सशस्त्र प्रहरी बल नं.४२ रिजर्भ गणबाट डीएसपी देवबहादुर बोहराको नेतृत्वमा खटिएको १०५ जना टोलीले आगो नियन्त्रणमा लिएको हो।

करिब २ घण्टा लगाएर अग्नि नियन्त्रक उपकरणका साथै दमकलसहित गएको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले आगो नियन्त्रणमा लिएपनि अन्दाजी ३० लाख रुपैयाँको क्षति भएको सशस्त्र प्रहरीले जनाएको छ।  एक्कासी सल्किएको आगो केहीबेरमै नियन्त्रण बाहिर जादा त्यहाँ रहेका लत्ताकपडा, गरगहना, घर पालुवा जनावर लगायत अन्न जलेर नष्ट भएको हो। 

अहिले आगो पुर्ण रुपमा नियन्त्रणमा लिइसकेको डीएसपी बोहराले जानकारी दिएका छन् । नेपाली सेना, स्थानीय प्रहरी र स्थानीयहरुले  आगलागी नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई सहयोग गरेका थिए । तीन घर जल्दा अन्दाजी ३० लाख बराबरको धन सम्पत्ति नष्ट भएको अनुमान गरिए पनि आगलागीबाट क्षति भएको पुर्ण विवरण अझै आइनसकेको बताइएको छ।

 

 

 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्