बिहे हुन लागेको घरमा आगलागी हुँदा लाखौंको क्षति

बुधबार, वैशाख १२, २०८१
Honor 600 pro

सर्लाही । सर्लाहीमा बिहे हुन लागेको केटीको घरमा आगलागी भएको छ। आगलागीमा परेर दुई जना घाइते भएका छन् ।

सर्लाहीको बलरा नगरपालिक-६ मिर्जापुरस्थित रामचन्द्र महतोको घरमा गएराति आगलागी हुँदा छोरीको बिहेका लागि राखिएको लत्ताकपडा लगायत खाद्यान्न जल्दा लाखौं रुपैयाको क्षति भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार तार सर्ट भएर आगलागी  हुँदा बिहेको सामान लगायत अन्य सामान निकाल्न लाग्दा रामचन्द्रसहित अर्का  एक स्थानीय रान मङ्गल घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्