दाङको अमिलिया नजिक आगोबाट तोरी जोगाउन खोज्दा ८७ वर्षीय वृद्दको मृत्यु

शुक्रबार, वैशाख ७, २०८१
honor mob  winter sales

लमही । दाङको लमही नगरपालिका-९ अमिलिया नजिक रहेको तरुलियास्थित एक घरमा आगलागी हुँदा एक वृद्दको मृत्यु भएको छ। एक बालकले लाइटर खेलाउने क्रममा सल्किएको आगोबाट तरूलियाका ८७ वर्षीय बिरबहादुर बोटेको घरमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ।

Honor x7 pad

गए राति  लाइटरबाट बोटेको खरको छानोको गोठबाट सल्लिएको आगो उनको घरमा पुगेको हो। घरमा आगो सल्किएपछी पैसाको बाकस निकाल्न घरभित्र छिरेर  बोटे पुन: तोरीको बोरा निकाल्न घरमा छिरेका उनको निस्सासिएर लड्दा  जलेर मृत्यु भएको अमिलिया प्रहरीले जानकारी दिएको छ।

उक्त आगो बोटेको घर हुँदै छिमेकी जितबहादुर बोटेको घरमा फैलिएको प्रहरीले जनाएको छ।आगलागी बाट दुई घर र एक गोठ जलेर नष्ट भएका छन् ।  बोटेको घरको केही सामान भने निकाल्न संभव भएको प्रहरीले जनाएको छ ।

लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल राति ११ बजे  आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०९:२१
प्रतिक्रिया दिनुहोस्