डिडिसीको महाप्रबन्धकका लागि दरखास्त आह्वान (सूचनासहित)

बुधबार, वैशाख ५, २०८१
Honor 600 pro

काठमाडौं । दुग्ध विकास संस्थानले महाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको छ। आज एक सूचना जारी गर्दै दुग्ध विकास संस्थान (डिडिसी )ले महाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको हो। 

डिडिसीले २१ दिने सूचना जारी गर्दै महाप्रबन्धकका लागि कृषि तथा पशुपंक्षी मन्त्रालय सम्बद्द सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धि निर्देशिका २०७६( संसोधन) सहितको दफा ३ को उपदफा २ (ग) बमोजिम शैक्षिक योग्यता लिएर कुनै निकायमा कम्तिमा १० वर्ष अधिकृतस्तरमा कार्य गरेको जनाएको छ।

डिडिसीको जारी सूचनामा महाप्रबन्धकको लागि दरखास्त दिन ३० वर्ष पूरा भएर ६० वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ।

यस्तो छ सूचना -

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०९:२६
प्रतिक्रिया दिनुहोस्