भायानेटले ल्यायो नविकरण अफर, वार्षिक सदस्यतामा २ महिना निशुल्क

शुक्रबार, असार २२, २०८०
honor २२ sept

काठमाण्डौ। नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आफ्ना विद्यमान ग्राहकहरुका लागि नविकरण अफर ल्याएको छ। 

X7D

कम्पनीको अफर अन्तर्गत  भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नविकरण गरे, ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्ने बताएको छ।

कम्पनीले ग्राहकलाई दिएको  अफर यहि असार सम्ममात्र हुने जनाएको छ। नविकरण अफरबाट बिषेश गरि भायानेटको ग्राहक सन्तुष्टि र बिद्यामान ग्राहकप्रतिको उत्तरदायित्व निर्वाहको लागी कम्पनीले यो अफर ल्याएको हो।

कम्पनीको अफर मार्फत विद्यमान ग्राहकहरूले निर्बाध उच्च गतिको इन्टरनेटको मजा लिँदा थप बचत गर्न सक्ने समेत जनाएइको छ।

भायानेट देशमै पहिलोपटक फाइबर इन्टरनेट घर-घरमा पुर्याउन सुरुवात गर्दै पहिलो मल्टिगिग सेवा सुरु गरेको  विगत २३ बर्ष देखी इन्टरनेट र आइपिटिभी सेवा दिएको यो कम्पनी देशकै  प्रख्यात ईन्टरनेट कम्पनी हो।

नविकरण अफर र अन्य सेवाहरुबारे थप जान्नको लागि  यस लिन्कमा  www.vianet.com.np मा हेर्न सकिने छ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  २३:५०
प्रतिक्रिया दिनुहोस्