डीआईजी अधिकारीले पाए दर्ज्यानी चिन्ह

सोमबार, वैशाख ३, २०८१
honor mob  winter sales

काठमाडौं । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा एकल बढुवा भएका दीपक अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

Honor x7 pad

सशस्त्र प्रहरी महानिरीक्षक राजु खनालले हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आज आयोजित समारोहमा अधिकारीलाई डीआईजीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

सशस्त्र प्रहरीको सिसम एक ब्याचका अधिकारी गत चैत  २३ गतेको गृहमन्त्रीस्तरीय  निर्णय अनुसार एसएसपीबाट डीआईजीमा बढुवा भएका हुन् । दाङ घर भएका डीआईजी सशस्त्र प्रहरी बलभित्रै एक अब्बल उच्च अधिकृतका रुपमा पर्दछन् ।

डीआईजी अधिकारी एसएसपीमा रहदा लुम्बिनी प्रदेश सशस्त्र प्रहरी बिन्ध्याबासिनी बाहिनी, सशस्त्र प्रहरी स्टाफ कलेजको निमित्त प्रमुख र  सशस्त्र प्रहरी तालिम केन्द्र पोखरामा कार्यरत थिए। साथै  डीआइजी अधिकारी एसपी छ्दा जिल्ला कमाण्डमा पनि अब्बल कार्य गरिसकेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १९:२९
प्रतिक्रिया दिनुहोस्