अर्थमन्त्री पुन अमेरिका प्रस्थान

सोमबार, वैशाख ३, २०८१
honor mob  winter sales

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अमेरिका प्रस्थान गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा भाग लिन अर्थमन्त्री पुनसहितको टोली आज बिहान सवा २ बजे अमेरिका प्रस्थान गरेको हो।

Honor x7 pad

अर्थमन्त्रीसँगै अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल , सोही महाशाखाकै विश्व बैंक डेस्क हेर्ने उपसचिव कन्चन बस्नेत र अर्थमन्त्रीका स्वकीय सचिव उपसचिव भुपालराज शाक्य अमेरिका गएका हुन् ।

अमेरिकामा अर्थमन्त्री पुनले विश्व बैंककी प्रवन्ध निर्देशक ,विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष लगायतसँग भेटघाट गर्ने कार्यक्रम पनि तय भएको बताइएको छ।

मन्त्री पुनले जलवायु परिवर्तनको प्रभावले खतरामा रहेका मुलुकहरुको समूह भी-२० को मन्त्रिस्तरीय बैठकलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

भी-२० जलवायु परिवर्तनको जोखिम न्यूनिकरण तथा विश्वव्यापी अर्थतन्त्रमा उत्पन्न संक्रमणकालीन अवस्थामा वित्तीय अभिवृद्धिका लागि विश्वमा आवाज उठाउने फोरोम हो।

मन्त्री पुन दक्षिण एसियामा स्वच्छ उर्जा संक्रमणकालीन सत्रका साथै विभिन्न द्विपक्षीय र पहुपक्षीय लगायतआ बैठकमा सहभागी हुनेछन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १०:०१
प्रतिक्रिया दिनुहोस्