बिन्ध्याबासिनी बाहिनीलाई सशस्त्र प्रहरी महानिरीक्षक कप-२०८० को उपाधि

शुक्रबार, चैत ३०, २०८०
honor mob  winter sales

काठमाडौं । सशस्त्र प्रहरी बलतर्फको सशस्त्र प्रहरी महानिरीक्षक कप -२०८० को उपाधि लुम्बिनी प्रदेशस्थित नं.५ बिन्ध्याबासिनी बाहिनी चन्द्रौले हात पारेको छ।
सशस्त्र प्रहरीको हलचोक मैदानमा आयोजित सशस्त्र प्रहरी महानिरीक्षक कपमा ११ स्वर्ण , ४ रजत र ६ कास्य पदक जित्दै बिन्ध्याबासिनी बाहिनीले उपाधि जितेको हो। बिन्ध्याबासिनी बाहिनीले कुल २१ पदक जितेको हो।

Honor x7 pad

त्यस्तै नं.१ बराह बाहिनी सुनसरीले ७ स्वर्ण , ७ रजत र ३ कास्य पदक जित्दै दोस्रो र नं.९ पशुपति बाहिनी काठमाडौं ४ संवरण , ५ रजत र ४ कास्य पदक जित्दै तेस्रो हुन सफल बनेको छ।

प्रतियोगिताको आजको समापनमा नं १ बराह बाहिनीले नं.२ छिन्नमस्ता बाहिनी महोत्तरीलाई २-१ गोलले पराजित गर्दै फुटबलतर्फ पहिलो भएको छ।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक ( आईजीपी)  राजु अर्यालले सशस्त्र प्रहरीको व्यावसायिक कार्य , शान्तिसुरक्षा कायम , अवैध तस्करी नियन्त्रणका साथै सीमा सुरक्षा गर्नु मात्रै नभई नेपाली खेलकुद जगतको विकासमा पुर्याएको योगदानको प्रशंसा गरे। आईजीपी अर्यालले खेलकुदतर्फ रहने खेलाडीहरुमा अनुशासन हुन अति जरुरी रहेको बताउँदै प्रतियोगितामा पहिलो भएको बिन्ध्याबासिनी बाहिनी लगायत दोस्रो र तेस्रो हुने टोलीलाई ट्रफी, मेडल तथा पुरस्कार प्रदान गरेका हुन्।

आईजीपी अर्याल पहिलो हुने बिन्ध्याबासिनीका प्रमुख बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी ) अभि खत्रीलाई सशस्त्र प्रहरी महानिरीक्षक कप हस्तान्तरण गरेका थिए।

सशस्त्र प्रहरी प्रधान कार्यालयको आयोजनामा चैत २५ गतेदेखि आयोजित प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान र सशस्त्र प्रहरी बलका बाहिनीहरु गरि ९ वटा टोलीको सहभागिता रहेको थियो।

समापन कार्यक्रममा खेलसँग आवद्द व्यक्ति लगायत सशस्त्र प्रहरीका उच्च अधिकृत लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  २२:३७
प्रतिक्रिया दिनुहोस्