सहायक रथी गौरव केसीले पाए सैनिक प्रवक्ताको जिम्मेवारी

बिहीबार, चैत २९, २०८०
Honor 600 pro

काठमाडौं । सहायक रथी गौरवकुमार केसीले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

गण्डकी प्रदेशस्थित पोखरामा रहेको नम्बर ३ बाहिनीका बाहिनीपति केसीलाई सैनिक हेडक्वाटरले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा प्रवक्ताको जिम्मेवारी दिएको हो।

वर्तमान प्रवक्ता कृष्ण भण्डारीको सैनिक अभिलेखालय सरुवा भएसँगै केसीलाई प्रवक्ताको जिम्मेवारी दिइएको नेपाली सेनाले जनाएको छ।

 

 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्