Dashain Banner
Dashain Banner

डोल्पामा आगो निभाउदा घाइते भएका थप २ सेनाको मृत्यु, मृतक सेनाको संख्या ३ पुग्यो

मंगलबार, चैत २७, २०८०

डोल्पा । डोल्पाको सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये थप दुई सैनिकको मृत्यु भएको छ। योसँगै मृत्युु हुनेको संख्या ३ पुगेको छ।

Dashai add

गम्भीर घाइते अवस्थामा काठमाडौस्थिति किर्तिपुर बर्न हस्पिटलमा उपचारका क्रममा डोल्पास्थित देवीदत्त गण क गुल्मका ३८ वर्षीय जमदार केशवबहादुर जर्गा मगर र २३ वर्षीय जवान आशिष बुढाको मृत्यु भएको नेपाली सेनाले जनाएको छ। मृतक जमदार जर्गा मगरको घर काभ्रे  र बुढा हुम्लाका थिए।

आगो निभाउने क्रममा गम्भीर घाइते भएका जुम्ला तातोपानी-४ का २४ वर्षीय जवान हेमन्त रावलको सोमबार नै उपचारका क्रममा डोल्पा अस्पतालमा मृत्यु भएको थियो। एक जना गम्भीर घाइते जवानको किर्तिपुर बर्न हस्पिटलमा उपचार भइरहेको नेपाली सेनाले जनाएको छ।

आइतबार दिउँसो  ठूूलीभेरी नगरपालिका-४ स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउँने क्रममा चार जना सैनिक घाइते भएका थिए ।

 

 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  २०:५१
प्रतिक्रिया दिनुहोस्