सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय स्टोरमा आगलागी

सोमबार, चैत २६, २०८०
Honor 600 pro

काठमाडौं । सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ। बलम्बुस्थित केन्द्रीय स्टोरमा आगलागी हुँदा सशस्त्र प्रहरी बलको बन्दोबस्तीको सामाग्री जलेको छ।

सशस्त्र प्रहरीको अस्पतालसँगै रहेको बहुउद्देश्यीय भवनमा रहेको केन्द्रीय स्टोरमा लागेको आगो अहिले  निभाउने कार्य जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। 

नेपाल प्रहरी , सशस्त्र र काठमाडौं महानगरका दमकलले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

थप विवरण आउँन बाँकि ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्