डोल्पामा आगो निभाउँदा ४ जना सेनाका जवान घाइते
डोल्पा । डोल्पाको एक सामुदायिक वनमा आगलागी हुँदा नेपाली सेनाका चार जना जवान घाइते भएका छन् ।
जिल्लाको ठूूलीभेरी नगरपालिका-४ स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउँने क्रममा चार जना सैनिक जवान घाइते भएका हुन् ।
डोल्पामा रहेको गुल्मका चार सैनिक जवान आगो निभाउँने क्रममा घाइते भएको नेपाली सेनाले जनाएको छ।
उनीहरुको सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति: सोमबार, चैत २६, २०८० १६:५८
प्रतिक्रिया दिनुहोस्