बाँकेमा '२४ सै घण्टा सशस्त्रको एक प्लटुन सीमा पैदल गस्ती' को शुभारम्भ

यो गस्तीले सीमावासी जनताको समस्या पनि बुझ्नेछ: डीआईजी खत्री
बुधबार, चैत २१, २०८०
honor mob  winter sales

नेपालगन्ज । बाँकेको सीमावर्ती नाकाबाट २४ सै घण्टा सशस्त्र प्रहरीको एक प्लटुन सीमा पैदल गस्ती शुभारम्भ भएको छ।

Honor x7 pad

नेपाल-भारतको बाँके र बहराइच जिल्लासँग जोडिएको सीमा क्षेत्रमा 'सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम ' अन्तर्गत सशस्त्र प्रहरी नम्बर ५ विन्ध्यवासिनी बाहिनी लुम्बिनी प्रदेशका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक  (डीआईजी) अभिकुमार खत्रीले आजदेखि बाँकेबाट  २४ सै घण्टा सशस्त्र प्रहरीको एक प्लटुन सीमा पैदल गस्तीको शुभारभ गरेका हुन् ।

सशस्त्र प्रहरीले नेपाल-भारत सीमा अन्तर्गत दशगजामा क्षेत्रमा रहेको ६५१ नम्बरको जङ्गे पिलरबाट सशस्त्र प्रहरी निरीक्षक जालन्दर केसीको कमान्डमा एक प्लटुन फौजबाट सशस्त्र प्रहरीको एक प्लटुन सीमा पैदल गस्ती सुरु गरिएको हो।

डीआईजी अभि खत्री

२४ सै घण्टा सीमा सशस्त्र प्रहरी गस्तीको शुभारभ गर्दै डीआईजी खत्रीले २४ सै घण्टा सशस्त्र प्रहरीको एक प्लटुन सीमा पैदल गस्तीले  सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रका समकक्षीसँग समन्वय र सहकार्यमा समेत सहयोग पुग्ने बताए। साथै सीमाको अवस्था राम्रोसँग बुझ्न र सीमावासी जनताको समस्या बुझ्न यस गस्तीले अहम भुमिका खेल्ने खत्रीले बताएका थिए।

सशस्त्र प्रहरीले सुरु गरेको २४ सै घण्टा सशस्त्र प्रहरीको एक प्लटुन सीमा पैदल गस्तीले झनै सीमावासी स्थानीय जनताका समस्याका साथै सीमा सुरक्षामा रहेका समस्या बुझ्दै नीति निर्माणमा महत्त्वपूर्ण रुपले सहयोग पुग्ने डीआइजी खत्रीले बताए। डीआईजी खत्रीले भने- 'अब सशस्त्र प्रहरीको एक प्लाटुन २४ सै घण्टा सीमा पैदल गस्ती गर्दै सीमाको रक्षा र जनताको मर्का बुझ्न २४ घण्टा पसिना बगाउने छ'। 

त्यस्तै उक्त सीमा पैदल गस्तीले  सीमा सुरक्षा , सीमा स्तम्भ सम्भार तथा सुरक्षा गर्नुका साथै सीमा अपराध नियन्त्रण , सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम , अवैध तस्करी नियन्त्रण तथा गैर कानुनी गतिविधिलाई निगरानी गर्दै नियन्त्रण गर्ने डीआईजी खत्रीले बताए।

सीमा पैदल गस्ती शुभारम्भकै अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवन कुमार पोखरेलले सीमा पैदल गस्तीलाई नागरिकमैत्री बन्न निर्देशन दिदै  उक्त टोली परिचालन हुँदा दुबै देशका नाकामा बस्ने स्थानीयलाई सुरक्षा अनुभुति हुने बताएका थिए।

त्यस्तै सशस्त्र प्रहरी बल नं ३० बागेश्वरी गणका सशस्त्र प्रहरी उपरीक्षक (एसपी)  विमल डाँगीले अहिले आफ्नो मातहतको सीमा क्षेत्रमा सीमा पैदल गस्ती सुरु गरिएको बताए । यो गस्तीले सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रका समकक्षीसँग समन्वय र सहकार्यमा समेत सहयोग पुग्ने उनको भनाइ थियो ।

२४ सै घण्टा सीमा पैदल गस्ती सीमा गस्तीअन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपी र बेससमेतको जनशक्ति समावेश गरेर सीमा क्षेत्रको दशगजा इलाकामा बन्दोबस्तीका सामग्रीसहित परिचालित हुने एसपी डाँगीको भनाइ छ । 

सीमा पैदल गस्ती शुभारम्भ कार्यक्रमका बाँके प्रहरी प्रमुख सुवासचन्द्र बोहरा, राष्ट्रिय अनुसन्धान बाँके प्रमुख ओम खड्का लगायत सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) अधिकारीहरुको उपस्थिति रहेको थियो।

उक्त सीमा पैदल गस्ती पश्चात् सशस्त्र प्रहरी नम्बर ३० गण बागेश्वरी बाँकेको वार्षिकोत्सब मनाइएको थियो।

 

 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १९:५९
प्रतिक्रिया दिनुहोस्