सशस्त्र प्रहरीले बरामद गर्यो डेढ क्विन्टल बढी गाँजा

बुधबार, चैत ७, २०८०
honor mob  winter sales

सुनसरी ।  सशस्त्र प्रहरीले सुनसरीबाट फेरि डेढ क्विन्टल बढी गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल  नं. ४ गण अन्तर्गत रहेको सुरक्षा बेस चतराबाट सशस्त्र प्रहरी निरीक्षक बिगबहादुर गोलेको नेतृत्वमा गएको टोलीले १६३.८४५ ग्राम गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

Honor x7 pad

आज बिहान साढे १ बजे गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले बराहक्षेत्र नगरपलिका-१ सप्तकोशीको किनारमा डुङ्गाबाट झार्दै गरेको अवस्थामा उक्त ठुलो परिमाणको गाँजा बरामद भएको हो। डुङ्गाबाट गाँजा झार्दै गरेका ५-६ जना तस्करहरु भने सशस्त्र प्रहरीलाई देख्नासाथ फरार भएको सशस्त्रले जनाएको छ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको गाँजालाई आबश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाएएको जानकारी दिएको छ।

यसअघि पनि सशस्त्र प्रहरीले सुनसरीबाट एम्बुलेन्ससहित ५६४.४७५ किलो गाँजा बरामद गरेको थियो।

 

 

 

 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०९:१३
प्रतिक्रिया दिनुहोस्