सीमा नाकाबाट ५५ किलो गाँजा बरामद

मंगलबार, चैत ६, २०८०
honor mob  winter sales

सुनसरी । सुनसरीबाट सशस्त्र प्रहरीले ५५ किलो गाँजा बरामद गरेको छ। सोमबार राति सशस्त्र प्रहरी  सुनसरीले बर्जु गाउँपालिका-४ दशगजा क्षेत्र नजिकबाट भारततर्फ लैजादै गरिएको ५५ किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Honor x7 pad

सशस्त्र प्रहरीको बिओपी हर्वानीबाट सशस्त्र प्रहरी नायब निरीक्षक अर्जुन कार्की र बिओपी अमुडुवाबाट सशस्त्र प्रहरी निरीक्षक ललित खड्काको कमाण्डमा खटिएको टोलीले उक्त ५५ किलो गाँजा बरामद गरेको हो। 

गाँजा बोकेर भारत लैजादै गरेका तस्करहरु भने सशस्त्र प्रहरीलाई देख्नासाथ बोरा फालेर भारततर्फ फरार भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरीले बरामद गरेको ५५ किलो गाँजालाई आबश्यक कारबाहीका लागि सुनसरीलाई बुझाएको जनाएको छ।

 

 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्