सशस्त्र प्रहरीले सुरु गर्यो आन्तरिक स्वास्थ्य शिविर

आइतबार, चैत ४, २०८०
honor mob  winter sales

सुनसरी । सशस्त्र प्रहरी बलले सुनसरीमा आन्तरिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  स्वस्थ्य मानिसले मात्रै व्यक्तिगत,पारिवारिक तथा समाजिक सम्बन्धलाई कुशलतापूर्वक निर्वाह गर्दै पेशागत जिम्मेवारी पूरा गर्न सक्दछ भन्ने यथार्थलाई मनन गरी सशस्त्र प्रहरी बलले सुनसरीमा आन्तरिक स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । 

Honor x7 pad

राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको शारीरिक र मानसिक स्वास्थ्यलाई उच्च प्राथमितामा राखी ‘प्रिभेन्सन इज बेटर देन केयर’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वार्टर सुनसरीले सशस्त्रका कर्मचारीहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

गण मातहत युनिटमा ९प्रस्तावित सीमा गुल्म,बीओपी र सुरक्षा बेस० सशस्त्र प्रहरी कर्मचारीहरुको विस्तृत स्वास्थ्य परिक्षण गरी स्वास्थ्य अवस्थाको बारेमा रेकर्ड अद्यावधिक गर्ने, सशस्त्र प्रहरी कर्मचारीहरुलाई हालको आफ्नो स्वास्थ्य अवस्थाको बारेमा काउन्सिलिङ गरी जानकारी गराउने तथा स्वास्थ्य सम्बन्धी विभिन्न जानकारी गराउने उद्धेश्यले पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल अस्पताल पकलीको समन्वय जिल्ला अस्पताल इनरुवा र जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीको औषधीलगायत स्वास्थ्य सामग्रीको सहयोगमा शिविर आयोजना गरिएको हो । 

शिविर छ दिनसम्म चल्नेछ । आइतबारदेखि शुरु भएको आन्तरिक स्वास्थ्य शिविर शुक्रबारसम्म चल्नेछ । शिविरमा पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल अस्पताल पकलीबाट अस्पताल प्रमुख सशस्त्र प्रहरी निरीक्षक डा. महिमा सिटौलासहितको ५ जनाको मेडिकल टिम खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्