सशस्त्रले नवलपरासी पश्चिममा उठायो ३ करोड बढी राजस्व

सोमबार, साउन १, २०८०
honor mob  winter sales

नवलपरासी (पश्चिम)  । नवलपरासी पश्चिमबाट सशस्त्र प्रहरीले  ३ करोड १ लाख २ हजार ९३५ रुपैयाँको राजस्व संकलन गरेको छ।

Honor x7 pad

यसमा भन्सार छली अवैध रुपमा भित्र्याईएका लत्ता कपडा, इलेक्ट्रिक, हार्डवेयरका समान, घरायसी किराना समाग्रीगरु सशस्त्र प्रहरीले बरामद  गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं २६  गण नवलपरासी पश्चिमभरका क्षेत्रमा  राजश्व तथा भन्सार गस्ती सुरक्षाका लागि तैनाथ छ । 

सशस्त्र प्रहरी उपरीक्षक (एसपी ) धिरेन्द्रराज न्यौपानेले आर्थिक वर्ष २०७९-८० मा ३ करोड १ लाख २ हजार ९३५ रुपैयाँ राजस्व संकलन गरिएको र आफुले नवलपरासीमा कमाण्ड सम्हालेयताको माघ महिनादेखि  असार मसान्तसम्म १ करोड ४ लाख २९ हजार ९५ रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिएका छन् ।

एसपी न्यौपानेका अनुसार सशस्त्र प्रहरीले नवलपरासी पश्चिमबाट माघ महिनामा  १४ लाख ६१ हजार ४८० रुपैयाँ , फागुनमा २७ लाख २६ हजार १४०,चैत्रमा  १६ लाख ५१ हजार ३९०,बैशाखभर १४ लाख ६५ हजार ५७०,  जेठमा १५ लाख ८४ हजार ४८५ र असार महिनामा १५ लाख ३६ हजार ३० रुपैयाँ बराबरको अवैध समाग्री बराबरको १ करोड ४ लाख २९ हजार ९५ रुपैयाँ राजस्व संकलन गरिएको छ।

जिल्लाभरका सीमामा कडा सशस्त्र प्रहरीको कडा निगरानी हुँदा राजस्व बढावा मात्रै नभई सीमा क्षेत्रमा हुने अपराध, लागूऔषध कारोबार, मानव बेचबिखन जस्ता जघन्य अपराध झण्डै झण्डै बन्द भएको एसपी  न्यौपानेले जानकारी दिएका छन् ।

सीमापारीबाट भित्रिने लत्ताकपडा, हार्डवेयर, पशुजन्य बस्तु, खाधान्न , जुत्ताचप्पल लगायतका अन्य सामाग्रीको तस्करी निरन्तर घट्दै गएपछि यतिबेला नवलपरासी पश्चिममै राम्रो व्यापार बढ्दै गएको छ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्