त्रिशूलीमा बस खस्यो, ६ जनाको मृत्यु, ३८ जनाको उद्दार

बुधबार, फागुन २३, २०८०
Honor 600 pro

धादिङ । त्रिशूली नदीमा बस खस्दा ६ जनाको मृत्यु भएको छ। रुपन्देहीबाट काठमाडौं आउँदै गरेको ल २ ख बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको धादिङ प्रहरीले जानकारी दिएको छ।

आज बिहान पौने ५ बजे गजुरीस्थित गलौदीमा उक्त बस त्रिशूलीमा खसेको हो। दुर्घटनास्थलबाट सशस्त्र प्रहरीको गोताखोरले ३८ जनाएको उद्दार गरिएपनी बसमा कति यात्रु सवार थिए भन्ने बारेमा एकिन नभएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप विवरण आउँन बाँकि छ भने प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्