मोरङमा सशस्त्र प्रहरीका डीएसपी झुण्डिएको अवस्थामा मृत भेटिए

सोमबार, फागुन २१, २०८०
honor mob  winter sales

विराटनगर । सशस्त्र प्रहरीका एक जना डीएसपी झुण्डिएको अवस्थामा फेला परेका छन।

Honor x7 pad

मोरङको धनपालथान गाउँपालिका-३ स्थित प्रस्‍तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म सोह्रबाघका डिएसपी उपेन्द्र बस्याल आज दिउँसो  साढे २ बजेतिर गुल्मको क्वार्टरस्थित कोठामा पंखामा झुण्डिएको अवस्थामा फेला परेको मोरङ प्रहरीले जानकारी दिएको छ। 

स्थायी घर पाल्पा भएपनि गुल्मपति रहेका ३८ वर्षीय डीएसपी बस्यालको परिवार काठमाडौं बस्दै आएको सशस्त्र प्रहरीले जनाएको छ।  घटनास्थलमा मोरङ प्रहरी प्रमुखसमेत पुगेका छ। प्रहरीले मृतकका घटनाबारे जानकारी गराइसकेको  र अनुसन्धान गरिरहेको जनाएको छ। 

मोरङ सशस्त्र प्रहरी प्रमुख समेत घटनास्थल पुगेका छन् । के कति कारणले घटना भएको भन्ने बारेमा केही भन्न नसकिने प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्