विद्यार्थीले कलेजका लागि आफैं बनाउछन् डेस्क बेन्च

बुधबार, फागुन १६, २०८०
Honor 600 pro

यमकला भुसाल / दाङ आइतवार दिउँसो घडीमा ३ बज्दै थियो । तुलसीपुर–१५ की सनम परियार तुलसीपुर बहुप्राविधिक शिक्षालय परिसरमा मेसिनमा फलाम काट्नमै व्यस्त थिइन।

उनी कुनै मिस्त्री वा कामदार भने होइनन् । उनी तुलसीपुर–१२ हरिपौरीमा रहेको तुलसीपुर बहुप्राविधिक शिक्षालयमा प्रिडिप्लोमा इन मेकानिकल इन्जिनियरिङ ५औं सेमेस्टरमा अध्यनरत विद्यार्थी हुन।

पछिल्लो केही दिन यताको उनको दैनिकी कलेजका लागि आवश्यक डेक्स बेन्च बनाउने कार्यमा वित्ने गरेको छ । कक्षा–कोठामा पढेको ज्ञानलाई व्यवहारिक रुपमा अभ्यास गर्न पाउँदा उनी खुसी सुनिइन ।

‘कलेजमा चाहिने आवश्यक सामाग्रीहरु बाहिरबाट किनेर ल्याउँदा महंगो हुन्छ । हामी आफैले ती सामाग्रीहरु बनाउन सक्छौँ । त्यसैले विद्यार्थी साथीहरु यो कार्यमा जोडिएका हौं,’ उनले भनिन् ।’

सनमसँगै उनका साथीहरु पनि समुह बनाएर खाली समयमा विद्यालयमा आवश्यक पर्ने ग्रिलका सामाग्रीहरु निर्माण गरिरहेका थिए । विद्यार्थीको यो कार्यमा विद्यालयले पनि सहयोग गरेको छ ।

तुलसीपुर बहुप्राविधिक शिक्षालयले विद्यार्थीलाई उत्पादनसंग जोड्नका लागि विभिन्न औधोगिक प्रशिक्षार्थी कार्यक्रम संगै पढ्दै कमाउँदै कार्यक्रमलाई पनि निरन्तरता दिएको छ ।

सोही कार्यक्रम अन्तरर्गत विद्यार्थी विभिन्न क्रियाकलापमा जोडिएका छन । दैनिक रुपमा पढेको कुरालाई उद्यमशिलतासंग जोड्न पाउँदा निकै खुसी लागेको र पढाईमापनि सहयोग पुगेको अर्की छात्रा विद्यार्थी अनिता वलीले बताइन ।

शिक्षालयले विद्यार्थीलाई उद्यमशिल बनाउनका लागि प्रयोगात्मक अभ्यासलाई अगाडी बढाएको प्रन्सिपल बशन्त आचार्यले बताए ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ०८:५०
प्रतिक्रिया दिनुहोस्