२ हजार वाटका रेडियो हुलाकबाटै नवीकरण हुने भएपछि अध्यक्ष गिरीद्वारा आभार ब्यक्त

शुक्रबार, फागुन ११, २०८०
honor mob  winter sales

नेपालगञ्ज । दुई हजार वाट सम्मका एफएम रेडियो जिल्ला वा क्षेत्रीय हुलाकमार्फत नवीकरण हुने व्यवस्था गरिएको छ ।

Honor x7 pad

मन्त्रीस्तरीय निर्णयबाट सञ्चार तथा सूचना मन्त्रालयद्वारा जारी गरिएका दुई हजार वाट सम्मका रेडियो जिल्ला हुलाक वा क्षेत्रीय हुलाकमार्फत नवीकरण हुने व्यवस्था गरिएको हो। 

राष्ट्रिय प्रसारण (बाह्रौं संशोधन) नियमावली २०८० मन्त्रीपरिषद्बाट हालै मात्र पारित भएको छ । यो संशोधनले वर्षौंदेखि नवीकरण अवरुद्ध भएका एफएम रेडियोको हकमा राहत प्रदान गर्ने अपेक्षा गरिएको सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का अध्यक्ष अर्जुन गिरीले बताए  । गिरीले आज एक फेसबुक स्टाटसमार्फत सञ्चार मन्त्रालयको पछिल्लो निर्णय सकारात्मक भएको भन्दै आभार ब्यक्त गरेका छन् । 

उनले लेखेका छन्, "डा. मिनेन्द्र रिजाल सञ्चार मन्त्री हुँदा पाँच सय वाट क्षमता सम्मका एफएम रेडियोहरुको नवीकरण जिल्ला हुलाक कार्यालयवाट हुने गरी भएको ऐतिहासिक निर्णयपछि पाँच सय वाट भन्दा माथिका रेडियोलाई नवीकरणका लागि काठमाडौं धाउनुपर्ने वाध्यता भने कायमै थियो । पछिल्लो मन्त्रीस्तरीय निर्णयले यसमा पनि सहजीकरण गर्दै संघीय मन्त्रालयद्वारा जारी गरिएका दुई हजार वाट सम्मका रेडियो जिल्ला हुलाक वा क्षेत्रीय हुलाकमार्फत नवीकरण हुने गरी व्यवस्था गरेको छ । यो संशोधनले वर्षौंदेखि नवीकरण अवरुद्ध भएका एफएम रेडियोको हकमा राहत प्रदान गर्ने अपेक्षा छ ।"

गिरीले घिटी-घिटी अवस्थामा पुगेको सामुदायिक रेडियो अभियानमा यी पछिल्ला केही सकारात्मक प्रयासले केही न केही रुपमा आशाको सञ्चार गर्ने विश्वास लिएका छन् । 

उनले सकारात्मक प्रयासका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र उनको सचिवालय, अर्थमन्त्री डा. प्रकाश शरण महत, कानुन मन्त्री धनराज गुरुङ, नेपाल पत्रकार महासंघ र सहयोगी सबै निकायप्रति आभार प्रकट गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  २१:५१
प्रतिक्रिया दिनुहोस्