Dashain Banner
Dashain Banner

दर्शक कुट्ने आर्मीका ३ खेलाडीलाई खेलमा प्रतिवन्ध, नेपाली भलिबल कप्तान बर्खास्त

आइतबार, असार ३१, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान हरिहजुर थापालाई बर्खास्त गरिएको छ।

Dashai add

सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगमा आर्मी र गण्डकीको खेलमा आर्मीका खेलाडीहरुले दर्शक कुटेपछि आर्मी टोलीका कप्तानसमेत रहेका नेपाली राष्ट्रिय टिमका कप्तान थापालाई नेपाल भलिबल संघले बर्खास्त गरेको हो।

गत सोमबार दशरथ  रंगशालास्थित कभर्ड हलमा भएको खेलका क्रममा उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको र उनी कर्तव्यबाट विमुख भएको भन्दै भलिबल संघले कप्तान पद खोसेको  हो।

सोही खेलका क्रममा दर्शक कुट्ने आर्मी क्लबका ३ जना खेलाडीहरुलाई नेपाल भलिबल संघले कारबाही गरेको छ। 

भलिबल संघले दर्शक कुट्ने आर्मीका धनबहादुर भट्ट,राजेन्द्र विष्ट र धनपती कुँवरलाई कारबाही स्वरुप खेलबाट प्रतिवन्ध लगाएको छ। भट्टलाई ६ महिनाका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल खेल्नबाट प्रतिवन्ध लगाइएको छ भने विष्ट र कुँवरलाई ३-३ महिनाका लागि प्रतिवन्ध लगाइएको हो।

त्यस्तै आर्मीकै  दुर्गा खड्कालाई अबका दिनमा यस्तो कार्य नदोहोर्‍याउने गरी चेतावनी दिएर छोडिएको नेपाल भलीबल संघले जनाएको छ।

 

 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्