नेपालगञ्जको आदर्शले मनायो २०औं वार्षिकोत्सब (फोटोफिचर)

शनिबार, फागुन ५, २०८०
Honor 600 pro

नेपालगञ्ज । नेपालगञ्जस्थित आदर्श माध्यमिक विद्यालयले २०औं बार्षिकोत्सब मनाएको छ । विद्यालय प्रांगणमा आज एक कार्यक्रमको आयोजना गरी आदर्शले २०औं बार्षिकोत्सब मनाएको हो । 

विद्यालयका अध्यक्ष सञ्जय थापाको अध्यक्षता एवम् शिक्षा विद् तथा पूर्व जिल्ला शिक्षा अधिकारी दुर्गानाथ गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा विद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याएका विद्यार्थी, विभिन्न अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्टता हासिल विद्यार्थी लगायतलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा विद्यालयका एकेडेमिक डाइरेक्टर प्रकाश लामिछाने, चिफ डाइरेक्टर ईश्वरप्रसाद पोखरेल, अभिभावक नरेश झा, छात्रा शितल प्रसाईं, छात्र आर्जन पोखरेलले बोलेका थिए । 

विद्यालयका प्राचार्य विरभान केसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सहप्राचार्य टंकप्रसाद गौतमले गरेका थिए । प्रमुख अतिथि गौतमले आदर्श यस क्षेत्रको उत्कृष्ट शैक्षिक गन्तब्य बनेको चर्चा गरे । अभिभावकहरुको रोजाईमा आदर्श पर्ने गरेको बताउँदै उनले विद्यार्थी, शिक्षक र अभिभावकको असल समन्वयबाट उत्कृष्ट नजिता निस्कने उल्लेख गरे । औपचारिक कार्यक्रमपछि सबै कक्षाका विद्यार्थीहरुले कक्षागत सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रममा शिक्षकहरुले पनि नृत्य गरेका थिए।

बार्षिकोत्सबको अवसरमा विद्यालय प्रांगणमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा चार दर्जन बढीले रक्तदान गरे । यस्तै विद्यार्थी र शिक्षकले विभिन्न फुड स्टल राखेर विक्रि समेत गरेका थिए । फुड स्टलहरुमा अभिभावक र विद्यार्थीकहरुको बाक्लो भीड लागेको थियो । सेलरोटी, पनिर विर्यानी, यमरी, आलुको अचार, ढिक्री लगायतका परिकार स्टलमा राखिएका थिए ।  

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्