एकैपटक सशस्त्र प्रहरीका सय जना एसपीको सरुवा, बाँकेमा डाँगी र बर्दियामा दहाल

शुक्रबार, माघ २६, २०८०
honor mob  winter sales

काठमाडौँ । एकै पटक सशस्त्र प्रहरी बलका १ सय जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले सय जना एसपीहरुको सरुवा गर्दै ४० जना एसपीलाई गणको कमाण्ड दिएको छ।

Honor x7 pad

सशस्त्र प्रहरी प्रधान कार्यालयले सशस्त्र प्रहरी बल नम्बर  २६ गण पश्चिम नवलपरासीका एसपी धिरेन्द्रराज न्यौपानेको सीमा सुरक्षा विभाग, नम्बर २७  गण रुपन्देहीका एसपी दीपक थापाको पनि सीमा सुरक्षा विभागमा र नम्बर २८ गणका एसपी जीवन केसीको मानव श्रोत विभागमा सरुवा भएको छ।

त्यसैगरी सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेमा एसपी बिमल डाँगी र नम्बर ३१ गण बर्दियामा चित्राङ्गत दहालको सरुवा गरेको छ।

पश्चिम नवलपरासीमा   प्रकाश वाग्ले,    रुपन्देहीमा  आनन्द थापा (मगर)  र कपिलवस्तुमा राम जंग पाण्डेको सरुवा भएको छ। त्यस्तै दाङमा रमेश थापाको सरुवा भएको छ। राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा एसपी चेतराज जोशीको सरुवा भएको छ।

यस्तो छ सरुवा सूची-

 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्