पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले सुरु गर्यो सीमा स्तम्भको मर्मत

सोमबार, माघ २२, २०८०
Honor 600 pro

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भहरुको मर्मत सम्भार एंव रङ्गरोगन कार्यको सुरुवात गरेको छ।

सशस्त्र प्रहरी बल नम्बर २६ गण पश्चिम नवलपरासीले आजबाट जिल्लाभरका ७ स्थानीय तह मध्ये ४ स्थानीय तहसँग सीमा जोडिएर मर्मत सम्भार नहुदाँ जिर्ण बनेका ९ वटा सीमा स्तम्भहरुको मर्मत एवं रङ्गरोगन कार्य गरेको हो।

पश्चिम नवलपरासी सशस्त्र प्रहरी प्रहरी एसपी धिरेन्द्रराज न्यौपानेको नेतृत्वमा गरिएको सीमा स्तम्भ  मर्मत कार्यमा ९ बिजोर सीमा स्तम्भ मर्मत तथा रङ्गरोगन कार्यमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले समेत सशस्त्र प्रहरीले मर्मत गर्नुपर्ने ९ बिजोर सीमा स्तम्भ मर्मत तथा रङ्गरोगन कार्यमा हातेमालो गरेको थियो।

कुल २७.५ किलोमिटर अन्तर्राष्ट्रिय सीमा क्षेत्र रहेको पश्चिम नवलपरासीमा १६ सीमा स्तम्भहरु मध्ये भारतीय पक्षबाट जोर स्तम्भ र नेपाली पक्षबाट बिजोर सीमा स्तम्भ मर्मत कार्य अन्तर्गत सशस्त्र प्रहरीले आज बिजोर सीमा स्तम्भहरुको मर्मत कार्यको सुरुवात गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सीमा नाकामा रहेका स्तम्भहरुको लामो समयदेखि मर्मत तथा सम्भार नहुदाँ जिर्ण बनेका सीमा स्तम्भहरुको सशस्त्र प्रहरीले मर्मत कार्य सुरु गरेसँगै जोर स्तम्भहरुको एसएसबीले मर्मत कार्य सुरु गर्ने भएको छ। 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  २०:५८
प्रतिक्रिया दिनुहोस्