यस वर्षको एसईई परीक्षा चैत १५ देखि २७ गतेसम्म

आइतबार, माघ ७, २०८०
Honor 600 pro

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा (एसईई)  परीक्षा  चैत १५ देखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले एसईई परीक्षा चैत१५ गतेदेखि चैत २७ गतेसम्म सन्चालन गर्ने निर्णय गरेको हो।

बोर्डको तालिका अनुसार चैतको पहिलो हप्तामै एसईई परीक्षा सुरु हुने भनिए पनि  ११ र १२ गते होली पर्व परेकाले चैत १५ गतेदेखि एसईई सन्चालन गर्ने बैठकले निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएका छन्  । 

अध्यक्ष शर्माका अनुसार यस वर्ष ४ लाख ८९ हजार ४४४ जनाले एसईई परीक्षाका लागि रजिष्ट्रेसन फाराम भरेका मध्ये  २ लाख ४६ हजार ४ छात्र र २ लाख ४३ हजार ४४० छात्रा छन् । यस वर्षको एसईई परीक्षामा प्रत्येक विषयमा अनिवार्य ३५ प्रतिशत ल्याउनै पर्नेछ।

 

 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  २१:२३
प्रतिक्रिया दिनुहोस्