तोकिएको समयमा काम पुरा नगर्ने ठेकेदारलाई कालो सूचिमा राख्ने अर्थमन्त्री मास्कीको चेतावनी

शनिबार, माघ ६, २०८०

दाङ। तोकिएको समयमै काम नगर्ने ठेकेदारलाई कालो सूचिमा राख्ने लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले चेतावनी दिएका छन् ।

Honor x7 pad

जिल्लाको ववइ गाउँपालिका - ५ स्थित जौंवारीको जनश्रम सरस्वति आधारभूत विद्यालयको १८औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री मास्कीले विकासमा विलम्ब गर्ने ठेकेदारलाई कारबाही हुने बताएका हुन ।तोकिएको समयमा काम पुरा नगर्ने त्यस्ता ठेकेदार र कम्पनीलाई कालो सूचिमा राखिने उनले बताए ।

काम नगर्ने ठेकेदारले गर्दा विकासमा असर परेको हुँदा त्यस्ता ठेकेदारलाई कारबाही गरिने उनको भनाई थियो ।
उनले पश्चिम दाङको विकास भएमा मात्रै दाङका विकास भएको मानिने बताएका थिए ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १९:३८
प्रतिक्रिया दिनुहोस्