त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा सशस्त्र प्रहरी परिचालन

बुधबार, माघ ३, २०८०
honor mob  winter sales

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा सशस्त्र प्रहरी परिचालन भएको छ ।

Honor x7 pad

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको   नेतृत्व र निर्देशनमा सोमबारदेखि सशस्त्र प्रहरीलाई भन्सार क्षेत्रमा चेकजाँचका लागि परिचालन गरिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पटकपटक अवैध सामाग्री भित्र्याउन थालिएपछि भन्सारको सुरक्षालाई थप बजबुत बनाउन सशस्त्र प्रहरीलाई चेकजाँचका लागि परिचालन गरिएको हो।

विमानस्थल भन्सारमा सशस्त्र प्रहरी पुगेपछि भन्सारलाई त्रुटि रहित बनाउनका लागि  सशस्त्र प्रहरी बललाई सहयोगीका रुपमा राखिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट करोडौं रुपैयाँको अवैध सामाग्री पास हुन थालेपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत पुस २६ गते त्रिभुवन विमानस्थल भन्सारको चेकजाँच का लागि सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय गरेका हुन् ।

 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ०७:२४
प्रतिक्रिया दिनुहोस्