सशस्त्र प्रहरीले फेला पार्यो त्रिशूलीमा खसेको भारतीय जीप, मान्छे भेटिएनन्

मंगलबार, माघ २, २०८०
honor mob  winter sales

चितवन। सशस्त्र प्रहरीको गोताखोर टोलीले  त्रिशूली नदीमा खसेक भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला परेको छ ।

Honor x7 pad

आज बिहान ४ः५० बजे नदीभित्र बत्ती बलेको जस्तो देखिएपछि एउटा गाडी नदीमा खसेको सूचना पाएपछि परिचालित कुरिनटारस्थित सशस्त्र  सशस्त्र प्रहरीको गोताखोरको टोलीले भारतीय  बीआर ०९ जी सी १४३० नम्बर रहेको बोलेरो गाडी फेला पारेको सशस्त्र प्रहरीले जानकारी दिएको  छ।

सशस्त्र प्रहरीका अनुसार मुग्लिन-नारायणगढ सडकखण्डको चितवन इच्छाकामना गाउँपालिका-५ स्थित ३ नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि तत्कालै सशस्त्रक्क गोताखोरको टोली परिचालन भएको थियो । 

सशस्त्र प्रहरीले भारतीय गाडी त्रिशुलीमा फेला पारेपनि उक्त गाडी कसको र कहाँबाट कहाँ जाँदै थियो भन्ने केही खुल्न नसकेको जनाएको छ।

बोलेरो गाडी फेला परे पनि त्यसभित्र चालक र यात्रु फेला नपरेको सशस्त्र प्रहरीले जनाएको छ। उक्त गाडी रोकिएको अवस्थामा खसेको हो वा दुर्घटना भएको भन्ने बारेमा अझै केही भन्न नसकिने सशस्त्र प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्