नेपाल-भारत सीमा क्षेत्रमा सौन्दर्यकरण, नाकामा सशस्त्र प्रहरीको शुद्ध खानेपानी सेवा

मंगलबार, पुस २४, २०८०
honor mob  winter sales

नेपालगञ्ज । नेपालगञ्जस्थित नेपाल-भारत सीमा क्षेत्र सौन्दर्यकरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा नेपाल-भारत सीमा (जमुनाहा) क्षेत्र सौन्दर्यकरण गरिएको हो । नेपाल-भारत प्रवेशद्वार रंगरोगन, सरसफाई र रंगिन गमलामा विरुवाहरु रोपिएको छ । 

Honor x7 pad

सोमबार  नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री र बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले संयुक्तरूपमा नेपाल-भारत प्रवेशद्वारमा राष्ट्रिय झण्डा झण्डोत्तलन गरेका थिए ।

देशमै पहिलोपटक नेपालगञ्ज नाकाबाट सीमा क्षेत्र सौन्दर्यकरण कार्यक्रम सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रमेश विक्रम शाहीले बताए । 

जमुनाहा नाकामा  आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले एउटा देशबाट अर्को देशमा प्रवेश गर्ने ठाउँलाई सौन्दर्यकरण गरेर सुखद सन्देश प्रवाह गर्ने अभियानमा नेपालगञ्ज उपमहानगरपालिकाले सहकार्य गरेको बताउँदै मुलुकको पहिचान झल्काउने राष्ट्रिय झण्डाले आत्मसम्मानलाई अझ बलियो बनाउने उल्लेख गरे । सशस्त्र प्रहरी बलसंग आगामी दिनमा पनि यस्तै अभियानहरुमा सहकार्य गरेर जाने नगर प्रमुख विष्टको भनाई छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक खत्रीले सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा सौन्दर्यकरण गर्ने कार्यलाई अभियानकै रुपमा अगाडि बढाएको बताउँदै सहकार्यका लागि नेपालगञ्ज उपमहानगरपालिकाप्रति कृतज्ञता व्यक्त गरे । उनले नेपालगञ्ज नाकाबाट यसको सुरुवात भएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी पोखरेलले सीमा क्षेत्रमा सौन्दर्यकरण गरेर उत्कृष्ट कार्यको थालनी भएको बताए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोबी, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा, राष्ट्रिय अनुसन्धान विभाग बाँकेका प्रमुख मोहन बहादुर कुँवर लगायत भारतीय सशस्त्र सीमा सुरक्षा बलका अधिकारीको उपस्थिति थियो । 

यसैबीच सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको सौजन्यमा जमुनाहा नाकामा शुद्ध खानेपानी सेवाको आरम्भ गरिएको छ । बाहिनीपति खत्रीले शुद्ध खानेपानी सेवाको शुभारम्भ गरेका थिए ।

नाका भएर आवतजावत गर्ने व्यक्तिहरुलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले खानेपानीको सेवा आरम्भ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शाहीले बताए । 


 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्