नेपालगन्ज नाकाबाट सशस्त्र प्रहरीद्वारा २० लाख नेपालीसहित एक जना पक्राउ

शुक्रबार, असार २९, २०८०
honor mob  winter sales

नेपालगन्ज। नेपालगन्जको सीमा नाकाबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

सशस्त्र प्रहरीको नेपालगन्ज भन्सारस्थित जमुनाह बिओपीबाट खटिएको टोलीले नेपालगन्ज-१५ जमुनाहको  शर्मा गल्लीबाट नेपालगन्ज-१६ जयसपुरका २० वर्षीय सोहेल कुरेशीलाई नेपाली २० लाख रुपैयाँसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

चेकजाँचमा खटिएको सशस्त्र प्रहरीको टोलीले बिहिवार दिउँसो  भारतको छिमेकी बजार रुपइडिहाबाट मोटरसाइकलको पछाडि बसेर नेपालगन्जतर्फ  आउँदै गरेका कुरेशीलाई चेकजाँच गर्ने २० लाख नेपालीसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार मोटरसाइकल चालक भने मोटरसाइकलसहित भारततर्फ फरार भएका छन् ।

सशस्त्र प्रहरीले श्रोत नखुलेको २० लाख रुपैयाँसहित कुरेशीलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार पठाएको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०७:३५
प्रतिक्रिया दिनुहोस्