नेपालगन्ज भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर प्याज बोकेको ट्रक सशस्त्रको नियन्त्रणमा

सोमबार, पुस ९, २०८०
honor mob  winter sales

नेपालगन्ज । एउटा सामाग्रीको प्रज्ञापन पत्र बनाएर अर्कै सामाग्री पठाएर तस्करी गरेको विषयमा विवादित बन्दै आएको नेपालगन्ज भन्सारका कर्मचारीको तस्करसँगको मिलेमतो बाहिर आएको छ।

Honor x7 pad

आइतबार साँझ ७ बजे नेपालगन्ज भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर प्याज ल्याएको ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि भन्सारका कर्मचारीको मिलेमतो अगाडि आएको हो।

भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएको ट्रकमा केही बोरा आलु ल्याइएको ट्रकमा ठुलो परिमाणमा प्याज भेटिएपछि  सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेको टोलीले नेपालगन्जको चौलिका चेकपोष्टबाट  प्याज बोकेको ट्रकलाई नियन्त्रणमा लिएको हो। 

सशस्त्र प्रहरीले यूपी ४० टी ७४७४ नम्बरको तरकारीको गाडी नियन्त्रणमा लिएर चेक जाँच गर्दा आलुको प्रज्ञापन पत्रमा  प्याज बरामद गरेपछि फेरि भन्सार कार्यालयका कर्मचारीको तस्करीसँग मिलेमतो प्रष्ट देखिएको छ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको अन्दाजी ३० क्विन्टल प्याजसहितको ट्रकलाई राजस्व अनुसन्धान कार्यालय पठाएको जनाएको छ। 

जबकी प्याज अहिले भारतबाट नेपालमा प्याज ल्याउन बन्देज लगाइएको छ । भारतबाट ल्याइएको भन्सार गरिने हरेक बस्तुलाई भन्सारका कर्मचारीले जाँच गरेर मात्र प्रज्ञापन पत्र बनाउँछन  तर आइतबार साँझ आएको उक्त ट्रकमा ल्याइएको तस्करीको प्याज बरामद नगरी छोडेपछि नेपालगन्ज भन्सारका कर्मचारीको तस्करसँगको मिलेमतो स्पष्ट देखिएको छ।

 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्