नेपालगन्ज भन्सारबाट सशस्त्र प्रहरीद्वारा ५ थान कस्तुरीको बिना बरामद

शुक्रबार, पुस ६, २०८०
Honor 600 pro

नेपालगन्ज । नेपालगन्जबाट सशस्त्र प्रहरीले ५ थान कस्तुरीको बिना बरामद गरेको छ।

नेपालगन्जको जमुनाहस्थित सशस्त्र प्रहरीको प्रस्तावित भन्सार गुल्म जमुनाहले बिहीवार भारतबाट नेपाल ल्याउँदै गरिएको अवस्थामा कस्तुरीको बिना बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

जमुनाह भन्सारमा चेकजाँचका क्रममा एक जनाको झोलामा ८१ ग्राम तौल भएको कस्तुरीको बिना ५ थान फेला परेपनी सोही क्रममा ती व्यक्ति फरार भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरीले बरामद गरेको ५ थान कस्तुरीको बिनालाई डिभिजन बन कार्यालय नेपालगन्ज बुझाएको हो। उक्त कस्तुरीको बिनालाई आबश्यक जाँचका लागि बन कार्यालयले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार पठाएको जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  ०७:३७
प्रतिक्रिया दिनुहोस्