पत्रकार महासंघ दाङको स्थापना दिवसमा रक्तदान

सोमबार, पुस २, २०८०
honor mob  winter sales

घोराही  । नेपाल पत्रकार महासंघ दाङको ३१ औं स्थापना दिवसमा रक्तदान कार्यक्रम गरिएको छ।

Honor x7 pad

"रक्तदान नै जीवन हो" भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै पत्रकार महासंघ दाङले आफ्नो स्थापना दिवसको अवसर रक्तदान कार्यक्रम गरेको हो।

रक्तदानमा  २३ जना रक्तदाताहरुले रक्तदान गरेका हुन। जसमा नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सविन प्रियासन, नेकपा माओवादी केन्द्रका जिल्ला ससचिव विश्वराज आचार्य, रेमन्ता पुन, महेन्द्र बहुुमुुखी क्याम्पसका स्ववियु सदस्य गणेश पौडेल, पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशिखा चौधरी, पत्रकारहरु जनक नेपाली, जंग रेउले, सुनिल परियार, रविन्द्र गौतम, गिरिराज नेपाली , हेमराज परिवर्तन, उमा भण्डारी , यमकला भुुषाल, शैलेश अधिकारी, रोम थापा, पिताम्वर रिजाल र हिमाल महरा रक्तदान गरेका थिए ।

त्यस्तै पद्यमोदय क्याम्पस घोराहीका नारायणी डाँगी, निर्मला भण्डारी, बिनिता नेपाली , निरज पौडेल र दिनेश पौख्रेलले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक पत्रकार महासंघ दाङका  सदस्य गिरिराज नेपालीले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्