युटिएलसहित तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज

बिहीबार, मंसिर २८, २०८०
Honor 600 pro

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र खारेज गरेको छ।

दूरसञ्चार प्राधिकरणले काठमाडौंको पुतलीसडक ठेगाना भएको युटिएल,  काठमाडौंको कोटेश्वरमा रहेको  म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिको इमेलसहितको इन्टरनेट अनुमति खारेज गरेको हो ।

ती सेवा प्रदायक कम्पनीहरूले अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले उनीहरुको अनुमति पत्र स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ।

ती संस्थाहरूलाई ३० दिनभित्र सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम तिर्न पनि अनुरोध गरेको छ। अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेतावनी दिएको छ। 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्