रुपन्देहीमा पेस्तोलसहित एक जना सशस्त्र प्रहरीको नियन्त्रणमा

सोमबार, मंसिर २५, २०८०
Honor 600 pro

रुपन्देही । सशस्त्र प्रहरीले पेस्तोलसहित एक जनालाई रुपन्देहीबाट पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नं.२७ गण अन्तर्गतको सियारी गाउँपालिका-२ च्याङथास्थित सुरक्षा बेस अमुवाबाट सशस्त्र प्रहरी निरीक्षक दिपक खड्काको कमाण्डमा खटिएको टोलीले  गए राति पौने ११ बजे चेकजाँचका  क्रममा पेस्तोलसहित सोही ठाँउकै ४१ वर्षीय अजय थारु उर्फ (अमेरिका थारु) लाई पेस्तोलसहित पक्राउ गरेको सशस्त्र प्रहरी बल नं.२७ गणका एसपी दीपक थापाले जानकारी दिएका छन् ।

एसपी थापाका अनुसार पक्राउ परेका थारुबाट ७ मि.मि. राउण्ड लाग्ने पेस्तोल थान र  लाभा कम्पनीको मोबाईल सेट समेत बरामद गरिएको हो।

सशस्त्र प्रहरीले गए राति नै पक्राउ परेका थारुलाई आवश्यक कारवाहीका लागी इलाका प्रहरी कार्यालय छपियामा बुझाइसकेको एसपी थापाले बताए।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०८:३७
प्रतिक्रिया दिनुहोस्