गृहमन्त्री श्रेष्ठको मुटुको शल्यक्रिया गरियो

बुधबार, मंसिर २०, २०८०
honor mob  winter sales

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको  मुटुको शल्यक्रिया गरिएको छ । मंगलबार बेलुकी गंगालाल हृदय केन्द्र बाँसबारीमा उनको शल्यक्रिया गरिएको हो। गृह मन्त्रालयका अनुसार अहिले उनको अवस्था स्थिर छ।

Honor x7 pad

छातीमा असहज महसुस भएपछि उनी मंगलबार राति शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन् । 

मंगलबार साँझ उनी सत्तागठबन्धनको बैठकमा सहभागी थिएका थिए । तर त्यसपछि उनलाई अचानक छातीमा असहज महसुस भएको थियो।

गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उनको उपचार गएिको थियो ।

मन्त्री श्रेष्ठको मुटुको देव्रे नसाको एन्जिओप्लास्टी गरिएको उनको सचिवालयले जनाएको छ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्