एनसेल बिक्रीमा अर्बौ रुपैयाँ घोटाला भएको आशंका छ: गगन थापा

मंगलबार, मंसिर १९, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको स्वामित्व बिक्रीमा अर्बौ रुपैयाँ घोटाला भएको आशंका गरेका छन् ।

Honor x7 pad

आज नेपाली कांग्रेसको ओखलढुङ्गा जिल्ला सम्मेलनमा बोल्दै थापाले एनसेलमा घोटाला भएको सहजै अनुमान गर्न सकिने बताएका हुन् ।

‘हरेक दिन कुनै न कुनै काण्डबारे सुनिन्छ। केही समयअगाडि सुनको काण्डबारे सुनियो, हिजोआज कुनै पत्रपत्रिका हेर्नुभयो भने एनसेलको अर्बौं रुपैयाँ घोटालाको काण्ड सुन्नुहुन्छ,’ महामन्त्री थापाले भने, ‘प्रथम दृष्टिमा हेर्दै गर्दा पनि अर्बौं रुपैयाँ घोटाला भएको अनुमान लगाउन सकिन्छ।’

महामन्त्री थापाले यो प्रकरणमा कानुनको दुरुपयोग भएको वा जतिसुकै ठूलो मान्छेको संलग्नता भए पनि सरकार डराउन नहुने बताए ।

कांग्रेस सम्मिलित सरकारले एनसेललगायतमा कानुनको दुरूपयोग भएको छ कि छैन हेर्नुपर्ने उनले बताए।

मलेसियाको कम्पनी आजियटाले हालै आफ्नो एनसेलमा रहेको स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनीलाई बिक्री गरेको छ । उक्त खरिदबिक्री शंकास्पद भन्दै नेपालभित्र छानबिन हुनुपर्ने माग भइरहेको छ।

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्