लुम्बिनीको कपिलवस्तुबाट सशस्त्र प्रहरीले सुरु गर्यो सीमा स्तम्भको मर्मत कार्य

शनिबार, मंसिर १६, २०८०
honor mob  winter sales

लुम्बिनी । सशस्त्र प्रहरी बल नं.५ बिन्ध्याबासिनी  बाहिनीले प्रदेशभरका सीमा स्तम्भहरुको मर्मत तथा रङ्गरोगन कार्य सुरु गरेको छ।

Honor x7 pad

सशस्त्र प्रहरीले कपिलवस्तुस्थित नेपाल–भारत सीमा स्तम्भहरुको पुनर्निर्माण, मर्मत सम्भार तथा रङ्गरोगनको कार्य सुरु गरिएको छ। 

सशस्त्र प्रहरीको बिन्ध्याबासिनी बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) अभि कुमार खत्रीले कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं-२ लिङ्कगेटमा रहेको सहायक सीमा स्तम्भ नं.५६७/०१ को मर्मत तथा रङ्गरोगन गरेर  अभियान सुरु गरेका हुन् ।

मन्त्रिपरिषदले २०७७ साउन १९ गते नेपाल-भारतको सीमा क्षेत्रमा रहेका सीमा  स्तम्भमध्ये विजोर नम्वरका सीमा स्तम्भको पुनर्निर्माण, मर्मत सम्भार रङ्गरोगनको कार्य नेपालका तर्फबाट सशस्त्र प्रहरी बलले गर्ने निर्णय भएको हुँदा यो कार्यको थालनी कपिलवस्तुबाट सुरु गरिएको डीआइजी खत्रीले बताए।

लुम्बिनीको ४३५ किलोमिटर लामो सीमा अन्तर्गत ८८८  सीमा स्तम्भमध्ये  ५०६ वटा बिजोर सीमा स्तम्भको मर्मत कार्य नेपालबाट गरिने डीआइजी खत्रीले भने। उनका अनुसार पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा रहेका सीमा  स्तम्भहरुको मर्मतको काम गरिदैछ। जसमध्ये सबैभन्दा पहिला सबैभन्दा धेरै स्तम्भ भएको कपिलवस्तुमा मर्मत कार्य सुरु गरिएको हो।

कपिलवस्तुबाट सुरु गरिएको सीमा स्तम्भको मर्मत कार्यमा त्यहाँ रहेका  ठुला, सहायक र साना गरी कुल २७७ वटा सीमा स्तम्भको मर्मत कार्य सुरु गरिएको एसपी जीवन केसीले बताए।कपिलवस्तु पछि अन्य जिल्लामा पनि सीमा स्तम्भको मर्मत कार्य सुरु गरिने छ।

सीमा स्तम्भ मर्मत कार्यक्रममा डीआईजी खत्रीसँगै भारतीय सशस्त्र सीमा सुरक्षा बल( एसएसबी ) बलरामपुरका एसएसबीकाका उच्च अधिकृत बिकास दिप सिंह, कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह, कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, कपिलवस्तु प्रहरी प्रमुख , सशस्त्र प्रहरी बल नं २६ गणका प्रमुख एसपी धीरेन्द्रराज न्यौपाने, नं. २७ गणका प्रमुख दीपक थापा, नं. २८ गण कपिलवस्तुका प्रमुख जीवन केसी,  अनुसन्धान विभाग कपिलवस्तु प्रमुख , नापी बिभागका अधिकृत पवन कुमार खत्री लगायत कपिलबस्तुका प्रस्तावित सीमा सुरक्षा गुल्म  र बिओपीका प्रमुख लगायत वडाध्यक्षहरुको उपस्थिति रहेको थियो।

 

 

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्