भुटानी शरणार्थी प्रकरण: टेकनाथ रिजालसहित को-को भए रिहा? टोपबहादुरलाई थुनामा राख्न आदेश

शुक्रबार, मंसिर १५, २०८०
honor mob  winter sales

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षकाका लागि थुनामा भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ। उनलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो।

Honor x7 pad

न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले आज रिजाललाई धरौटीमा छाड्न आदेश दिएको छ।

उच्च अदालतले नेपाली कांग्रेसका नेताले एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख रुपैयाँमा धरौटीमा छोड्न आदेश दिएको हो।

सोही प्रकरणमा थुनामा रहेका  नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अदालतले  थुनामै राख्न आदेश दिएको छ। अदालतले उनका छोरा सन्दीप रायमाझीलाई ३० लाख रुपैयाँ धरौटी माग गरेको छ भने हज समितिका अध्यक्ष रहेका शमशेर मियाँलाई पनि १० लाख रुपैयाँ धरौटी मागेको छ। साथै रामशरण केसीसँग १५ लाख रुपैयाँ धरौटी माग गर्ने अदालतले आदेश दिएको छ।

लक्ष्मी महर्जन र आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ। यसअघि जिल्ला अदालत काठमाडौंले महर्जनलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

यसैगरी पूर्व गृह सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल र  आङटावा शेर्पा  सहित ८ जनालाई  थुनामै राख्न उच्च अदालत पाटनले आदेश दिएको  छ।

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्