पर्यटनमन्त्री सुदन किराँतीले ३१ यात्रुसँग यसकारण मागे माफी...

शुक्रबार, मंसिर १५, २०८०
honor mob  winter sales

काठमाडौँ ।  बुधबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यूएई भ्रमणका क्रममा नेपाल एयरलाइन्सले यात्रुहरुलाई छुटाएका  कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले  माफी मागेका छन्।

Honor x7 pad

प्रधानमन्त्री प्रचण्ड सवार दुबईको लागि उडेको नेपाल एयरलाइन्सले  २७४ जना यात्रुमध्ये ३१ यात्रु काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छोडेको घटनामा मन्त्री किराँतीले उनीहरुसँह क्षमा मागेका हुन् ।

उनले भीभीआईपी सवार हुने भएकाले परराष्ट्रको चिठी, निर्देशनको आधारमा झन्डै दुई हप्ता अघिदेखि नै राति साढे ११ बजेको फ्लाइट सार्नुपरेको बताए । 

उनले प्यासेन्जरहरूलाई मेल र फोन गरेर जानकारी गराए पनि फोन नउठाउने र मेल जाँच नगर्नेहरू समस्यामा परेको बताए ।

उनीहरूलाई सरकारले नै होटेलमा राखी बिहीबार गन्तव्यमा गएको किराँतीले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १०:०४
प्रतिक्रिया दिनुहोस्