इजरायल र हमासबीच युद्द विराम भएपनि अझैं रिहा भएनन विपीन

बिहीबार, मंसिर १४, २०८०
honor mob  winter sales

कञ्चनपुर । प्यालेस्टाइनी आतङ्कवादी समूह हमासको नियन्त्रणमा रहेका नेपालका विपीन जोशी अझै मुक्त भएका छैनन् ।

Honor x7 pad

इजरायल र हमासबीच युद्ध विरामको घोषणा भएपछि उक्त समूहको नियन्त्रणमा रहेका भनिएका विपिनको सकुशल रिहाइको आशामा उनका बाआमाको दैनिकी समाचार हेरेरै बितिरहेको छ।

हमासले पटक-कपट विभिन्न नागरिकलाई रिहा गरे पनि विपिनको कुनै समाचार नआउँदा उनका बाआमा साह्रै चिन्तित छन् । 

बुधबार गृह जिल्ला पुगेका परराष्ट्र मन्त्री नारायणप्रकाश साउदलाई भेटेर विपिनको शीघ्र रिहाइका लागि उनहरूले आग्रह गरे । 

“कति बेला छोरा सम्पर्कमा आउला भनेर समाचार हेर्दै बसेकी हुन्छु”, आमा पद्माले भनिन्, “समाचार हेर्दै दिन बित्छ ।” 

विपिन गत असोज २० गतेदेखि सम्पर्कविहीन छन् । उक्त दिन हमासले इजरायलको पश्चिमी भागका किबुचमा अन्धाधुन्ध आक्रमण गरेको थियो । 

उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । 

नेपाल सरकारले विपिनको रिहाइका लागि विभिन्न माध्यमबाट कूटनीतिक प्रयास गरिरहेको बताएको छ । 

विपिनका बुवा महानन्दले सरकारी प्रयास सशक्त नभएको गुनासो गरेका छन् । उनले भने, “सरकारले जोडतोडले पहल गरिदिएको भए मेरो छोरा पनि हिजो अस्ति नै छुट्थ्यो कि जस्तो लाग्छ ।”

यसैबीच परराष्ट्र मन्त्री साउद विपिन जोशीको रिहाइको पहलका लागि कतार भ्रमणमा जाने तयारीमा छन् । 

त्यो पनि अबको १० दिनपछि । उनी यही मंसिर  २३ गते कतार जान लागेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्